काठमाडौं। नेपाली महिला टोली फिफा वरीयतामा शीर्ष १०० मा अटाउन असफल भएको छ। विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको वरीयतामा नेपाल चार स्थान खस्किएको हो।
नेपाल यसअघि ९९औं स्थानमा थियो। तर, घरेलु मैदानमा गत महिना भएको साफ च्याम्पियनसिपको समूहचरणमा भुटानसँग गोलरहित बराबरी र फाइनलमा बंगलादेशसँग २–१ ले पराजित भएसँगै नेपाल वरीयतामा खस्किएको हो।
नेपाल दक्षिण एसियाली वरीयतामा दोस्रो स्थानमा छ। एक स्थान खस्किएको भारत ६९औं स्थानमा पुगेको छ। बंगलादेशले भने सात स्थान सुधार गरेको छ। यसअघि १३९औं स्थानमा रहेको बंगलादेश १३३औं स्थानमा आइपुगेको हो।
पाकिस्तान चौथो, श्रीलंका पाँचौं र माल्दिभ्स छैटौं स्थानमा छ। पाकिस्तानले एक स्थान सुधार गरेको हो। अन्य दुई टोली भने खस्किएका हुन्। यस्तै, भुटान पनि तीन स्थान सुधार गर्दै १७२औं स्थानमा आइपुगेको छ।