काठमाडौं। मैत्रीपूर्ण फुटबल खेलमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले प्रमुख प्रशासकीय ११ विरुद्ध एक गोल गरेका छन्।
३०औं महानगर दिवसको अवसरमा बिहीबार सैनिक मुख्यालय भद्रकालीको फुटबल मैदानमा भएको खेलमा उनले दोस्रो हाफमा गोल गरेका हुन्। खेलमा प्रमुख ११ को टिमले प्रमुख प्रशासकीय अधिकृत ११ को टिमलाई ५–२ ले पराजित गरेको छ।
खेलमा जनप्रतिनिधिको नेतृत्व गर्दै बालेन र कर्मचारीको नेतृत्व प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले खेल खेलेका थिए। प्रमुख ११ का तर्फबाट मेयर बालेनसँगै सन्तोष ढुङ्गेलले दुई, नविन भण्डारीले एक र विनय शाक्यले एक गोल गरे। प्रमुख प्रशासकीय अधिकृत ११ का तर्फबाट राजु पौडेलले दुई गोल गरे।