विराटनगर र पोखराबीचको खेल सुपर ओभरमा
बिहिबार, मंसिर २७, २०८१खेलपाटी संवाददाता
-1733984425.jpeg&w=3840&q=75)
काठमाडौं। विराटनगर किङ्स र पोखरा एभेन्जर्सबीचको खेल सुपर ओभरमा पुगेको छ। नेपाल प्रिमियर लिग (एनपिएल) मा यो पहिलो सुपर ओभर हो।
विराटनगरले दिएको १४० रनको लक्ष्य पछ्याइरहेको पोखरालाई अन्तिम ओभरमा जितका लागि १४ रन चाहिएको थियो। बसिर अहमदले पहिलो बलमा नारायण जोशीलाई कुनै रन दिएनन्।
दोस्रो बलमा जोशीले एक रन लिएका थिए। तेस्रो बलमा रेमन रेफरले छक्का प्रहार गरेसँगै खेल रोमाञ्चक मोडमा पुगेको थियो। तीन बलमा सात रन चाहिएको अवस्थामा बसिरले दुई बल डट राखे। तर, अन्तिम बलमा रेफरले छक्का प्रहार गर्दै खेल सुपर ओभरमा पुर्याए।











-1763024272658.jpeg&w=3840&q=75)

-1762997834781.jpeg&w=3840&q=75)
