काठमाडौं। स्कट एडवार्ड्सले डेब्यु खेलमै सानदार ब्याटिङ गरेसँगै विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३९ रन बनाएको हो।
विराटनगरका स्कटले सर्वाधिक ४५ रन बनाए। ३५ बल खेलेका उनले पाँच चौका प्रहार गरे। ओपनर लोकेश बम २६ रनमा आउट हुँदा निकोलस क्रिर्टनले १९ रन बनाए।
बसिर अहमद २१ र प्रतिश जिसी चार रनमा अविजित रहँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
पोखराका सागर ढकाल र रेमन रेफरले समान दुई विकेट लिए। कुशल भुर्तेल र दीपेश खरेलको नाममा समान एक विकेट रह्यो।