विराटनगरले टस जितेर रोज्यो ब्याटिङ
बिहिबार, मंसिर २७, २०८१खेलपाटी संवाददाता

काठमाडौं। विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पोखरा एभेन्जर्सविरुद्धको खेलमा टस जितेको छ।
विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेका हुन्। योसँगै उनले ब्याटिङ रोजेका छन्। विराटनगर र पोखरा दोस्रो जितको खोजिमा छन्। चार खेल खेलेको पोखराले लुम्बिनीलाई १० विकेटले हराएको थियो। तर, चितवन राइनोजसँग ८७, जनकपुर बोल्ड्स र कर्णाली याक्ससँग समान सात विकेटको हार बेहोरेको थियो।
विराटनरले पनि लुम्बिनीलाई नै दुई विकेटले पराजित गरेको हो। उसले जनकपुरसँग आठ विकेट, सुदूरपश्चिम रोयल्ससँग ९० र कर्णालीसँग सात रनको हार बेहोरेको थियो।











-1763024272658.jpeg&w=3840&q=75)

-1762997834781.jpeg&w=3840&q=75)
