काठमाडौं । लामिन यामल फर्किएको खेलमा बार्सिलोना समेत लयमा देखिएको छ । यामल प्रेरित बार्सिलोनाले ला लिगामा मालोर्कालाई ५–१ गोल अन्तरले हराएको हो ।
१७ वर्षमा लामिन नोभेम्बर ३ पछि पहिलो पटक सुरुवाती लाईनअपमा देखिएका हुन् । लामिनको आगमनसँगै बार्सिलोनाले तीन खेलको जित विहीन यात्रालाई ब्रेक गरेको छ ।
बार्सिलोनाको जितमा राफिन्हा नायक रहे, उनले दुुई गोल गरे । खेलमा अग्रता बार्सिलोनाले फेरान टोरेसको गोलमा लिएको थियो । पहिलो हाफको दुई मिनेट अघि वेदत मुरिकीले बराबरी गोल फर्काएका थिए । त्यसपछि राफिन्हाले पेनाल्टीमार्फत ५६ औं मिनेटमा बार्सालाई अघि बढाए । उनले ७४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका थिए ।
राफिन्हाको दोस्रो पेनाल्टी लामिनले निकालेका थिए, सोही गोलमा बार्सिलोना अघि बढेको थियो । लामिनले राफिन्हालाई दोस्रो गोलका लागि समेत पास उपलब्ध गराएका थिए ।
बार्सा मिडफिल्डर फ्रेन्किन डी जोङले ७९ औं मिनेटमा बार्सिलोनालाई ४–१ ले अघि बढाए । खेल सकिन ६ मिनेट अघि पाउ भिक्टरले बार्सिलोनाका लागि पाँचौ गोल गरेका थिए ।
जित सहित बार्सिलोना ३७ अंक सहित लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । रियल मड्रिड ३३ अंक सहित दोस्रो स्थानमा छ । मालोर्का २४ अंक सहित तालिकाको छैटौं स्थानमा छ ।