मैत्रीपूर्ण खेल खेलेर फर्कियो नेपाली टोली
सोमबार, मंसिर ३, २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाली फुटबल टोली स्वदेश फिर्ता भएको छ। दुई मैत्रीपूर्ण खेलका लागि ताजिकिस्तानको राजधानी डुसान्बे पुगेको टोली सोमबार स्वदेश फर्किएको हो।
ताजिक राजधानीमा नेपालले घरेलु टोली र अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। ताजिकिस्तानसँग ४–० ले पराजित भएको नेपालले अफगानिस्तानलाई भने २–० ले हराउन सफल भएको थियो। अफगानिस्तानविरुद्धको यो जित नेपालले १३ वर्षपछि निकालेको हो।












-1763904378702.png&w=3840&q=75)
