रोड्रिगोलाई सात खेलमा प्रतिबन्ध
सोमबार, मंसिर ३, २०८१खेलपाटी संवाददाता
-1731943473.jpg&w=3840&q=75)
काठमाडौं। टोटनह्यामका रोड्रिगो बेन्टानकुरलाई सात खेलको प्रतिबन्ध लागेको छ। सोमबार फुटबल एसोसिएसन (एफए)ले एक अन्तर्वार्तामा टोलीका सहकर्मी सन ह्युङ–मिनबारे जातिवादी टिप्पणी गरेको भन्दै २७ वर्षीय मिडफिल्डर बेन्टानकुरलाई प्रतिबन्ध लगाएको हो।
गत सेप्टेम्बरमा उरुग्वेमा दिएको अन्तर्वार्ताका क्रममा उनले नियम उल्लंघन गरेको आरोपमा लगाएको छ। योसँर्गै युभेन्ट्सका पूवखेलाडीलाई एक लाख पाउन्ड जरिवाना पनि तिनुपर्ने छ । उनको प्रतिबन्ध डिसेम्बर २६ सम्म कायम रहने एफएले जनाएको छ । त्यसपछि उनी घरेलु खेलमा फर्किन पाउने छन् । यो सिजन उनले टोटनह्यामका लागि १५ खेल खेलेका छन् । जसमा एक गोल आफ्नो खातामा टिपाएका छन् ।












-1763904378702.png&w=3840&q=75)
