काठमाडौं। ललित स्मृति एन्फा यु–१८ युथ लिगको अंक तालिकामा पुछारमा रहेको खुमलटार एफसीले विभागीय टोली त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा आर्मीसँग खुमलटार १–१ को बराबरीमा रोकिएको हो। यो नतिजासँगै खुमलटारले १० खेलबाट चार अंक जोडेको छ। १०औं स्थानको आर्मीको आठ अंक छ।
खेलको ८७औं मिनेटमा सागर तामाङको गोलमार्फत खुमटारले सुरुआती अग्रता लियो। तर, दोस्रो हाफको इन्जुरी समयमा भुवन कामीले गोल गर्दै आर्मीलाई अंक दिलाए।