काठमाडौं। एर्लिङ हालान्डको ह्याट्रिकसँगै नर्वे युइएफए नेसन्स लिग समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ।
उलेभालमा आइतबार राति भएको खेलमा नर्वेले काजाखास्तानलाई ५–० ले पराजित गरेको हो। जितसँगै स्लोभेनियासँग १–१ गोलको बराबरी खेलेको नर्वे दोस्रो स्थानको अस्ट्रियाभन्दा अगाडि रहँदै शीर्ष स्थानमा उक्लिएको हो।
नर्वेले ६ खेलबाट १३ अंक पुर्याएको छ। कजाकिस्तान १ अंकसहित रेलिगेसन जोनमा छ। म्यानचेस्टर सिटीका स्ट्राइकर हालान्डले पहिलो हाफको २३ र ३७औं मिनेटमा गोल गर्दै नर्वेलाई सानदार अग्रता दिलाएका थिए।
४१औं मिनेटमा सोर्लोथले अर्को गोल थपेपछि नर्वेले ३–० को अग्रता बनायो। ७१औं मिनेटमा हालान्डले ह्याट्रिक पूरा गरे। योसँगै हालान्ड सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन्। उनले आफ्नो गोल संख्या सातमा पुर्याएका छन्।
स्विडेनका भिक्टर ग्योकेरेस, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र स्लोभेनिया बेन्जामिन सेस्कोले समान पाँच गोल गरेका छन्। ६७औं मिनेटमा एन्टोनियो नुसाले अर्को गोल थप्दै नर्वेलाई फराकिलो जित दिलाए।