बिहिबार, २२ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

हंगेरी हिँडेको नेपाली चेस टोली दिल्लीबाट फर्किँदै, पाएन भिसा

बुधबार, २६ भाद्र २०८१खेलपाटी संवाददाता
हंगेरी हिँडेको नेपाली चेस टोली दिल्लीबाट फर्किँदै, पाएन भिसा
mustang rice ad

काठमाडौं। नेपाल बुद्धिचाल महसंघ (एनसीएफ) ले ४५औं चेस ओलम्पियाड २०२४ को लागि हंगरीको बुडापेस्ट यात्रालाई पुरुष र महिला ५–५ खेलाडी गत जेठ चौथो साता छनोट गरेको थियो। ती १० खेलाडीमध्ये विवेक थिङमात्रै बुडापेस्ट पुगेका छन्।

सबैभन्दा उच्च वरीयताका नेपाली खेलाडी विवेक सिड्नी, अस्ट्रेलिया बसोबास गर्छन्। र, उनी उतैबाट मंगलबार बुडापेस्ट पुगेका हुन्। अरू नौ जना नेपाली खेलाडी भने भिसाको दोस्रो ‘असफल’ प्रयासपछि नयाँ दिल्लीबाटै स्वदेश फर्कने भएका छन्। त्यसैले सन् २००४ यता पहिलोपल्ट नेपाली खेलाडी ओलम्पियाडमा सहभागि हुनबाट वञ्चित भएका छन्।

महासंघले नौ खेलाडीसहित २१ जनालाई बुडापेस्ट जाने ओलम्पियाड टोलीमा समावेश गरेको थियो, जसलाई काठमाडौंस्थित जर्मनी दूतावासले भिसा दिएन। त्यसपछि खेलाडीलाई रातारात धनगढी हुँदै मंगलबार दिल्ली पुर्‍याइएको थियो। राष्ट्रिय टोलीले प्रतिस्पर्धा गर्ने सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगिता नै चेस ओलम्पियाड हो। र, चेस ओलम्पियाड २–२ वर्षमा आयोजना गरिन्छ।

‘जर्मनी दूतावासले ४ तारिख (सेप्टेम्बर) अन्तर्वार्ता लियो, ५ तारिख भिसा अस्वीकृति गर्‍यो। अपिल गरे पनि भएन,’ महासंघका कार्यसमिति सदस्य राजु ताम्राकारले दिल्लीबाट भने, ‘आज (बुधबार) दिउँसो ३ बजे हंगेरी एम्बेसीले भिसा एप्लाई नगर्न सुझाव दिँदै भिसा दिन असमर्थ रहेको जानकारी गरायो। सबै खेलाडी निराश छन्। दिल्ली–काठमाडौंको हवाई टिकट खोज्दैछौं।’

भिसा नपाउँदा पुरुष टिमका राष्ट्रिय च्याम्पियन राजन सुवेदी, गत वर्षका विजता रुपेश जैसवाल, सुश्रुत दाहाल र क्षितिज भण्डारी रोकिएका हुन्। महिला टोलीमा राष्ट्रिय च्याम्पियन सिन्दिरा जोशी, कृतिसरा अधिकारी, पूजा भण्डारी, शान्ति धिमाल र रिया श्रेष्ठ थिए।

खेलाडीहरूसँगै महासंघका अध्यक्ष हेराकाजी महर्जन, महासचिव धर्मबहादुर लामा, कोषाध्यक्ष ताराबहादुर रानाभाट, सदस्य राजु ताम्राकारलगायत २१ जनालाई महासंघले हंगेरी जाने नेपाली टोलीमा राखेका थिए। अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) ले यो ओलम्पियाडमा पुरुषतर्फ १९७ र महिलातर्फ १८३ देशका झन्डै दुई हजार खेलाडी सहभागी भएको जनाएको छ। ४५औं ओलम्पियाडको भव्य उद्घाटन मंगलबार भयो। पहिलो चरणको खेल बुधबार हुँदैछ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

Bajaj Pulsar Motorcycle Ad
नेपाल पुलिसको विजयी सुरुआत

नेपाल पुलिसको विजयी सुरुआत

नेपालको जितमा आशिफको अर्धशतक

नेपालको जितमा आशिफको अर्धशतक

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

‘लेगेसी’ को परीक्षामा श्रीलंका

‘लेगेसी’ को परीक्षामा श्रीलंका

पुलिस र हुमो भिड्दै

पुलिस र हुमो भिड्दै

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

बलियासामु निरीह नेपाल

बलियासामु निरीह नेपाल