काठमाडौं। नेपाली कांग्रेसका तेजुलाल चौधरी युवा तथा खेलकुदमन्त्री बन्ने भएका छन्।
कांग्रेसले केपी शर्मा ओली सरकारमा १० मन्त्रालय पाएको छ। त्यसमध्ये युवा तथा खेलकुदमा चौधरीको नाम टुंगिएको हो।
उनी सप्तरी प्रतिनिधिसभा क्षेत्र नम्बर ४ बाट दोस्रो पटक निर्वाचित भएका थिए।