आइतबार, भदौ २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
  4. /
  5. ३५ खेलका ४१९ स्पर्धा समावेश गर्ने प्रस्ताव

३५ खेलका ४१९ स्पर्धा समावेश गर्ने प्रस्ताव

२०२४ जुलाई ११, बिहिबारखेलपाटी संवाददाता

३५ खेलका ४१९ स्पर्धा समावेश गर्ने प्रस्ताव

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले कर्णाली प्रदेशमा हुने १०औं राष्ट्रिय खेलकुदमा ३५ खेलका ४१९ स्पर्धा समावेश गर्ने प्रस्तावअघि सारेका छन्।

१०औं राष्ट्रिय खेलकुद तथा प्रथम पारा राष्ट्रिय खेलकुदका सन्दर्भमा छलफल गर्न बिहीबार बैठक बसेको थियो। उक्त बैठकमा सदस्यसचिव घिसिङले गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा समावेश प्याराग्लाइडिङबाहेक ३५ खेलको प्रस्ताव गरे।

राखेपले यसअघि नै आगामी मंसिर २ देखि ९ गतेका सम्म १०औं राष्ट्रिय खेलकुद गर्न प्रस्ताव गरिसकेको छ। महिला फुटबल, उसु, पुरुष/महिला बास्केटबल, जुडो, पुरुष/महिला हक्की र तेक्वान्दो खेललाई दसौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन अगावै सुरु गर्ने प्रस्ताव भएको छ।

यसैगरी निर्णायक संख्या एक हजार ४९९ हुने प्रस्ताव गरिएको छ। बैठकमा सदस्यसचिव प्रतियोगिताका लागि नेपाल सरकारबाट ६० करोड बजेट विनियोजन भइसकेको जानकारी गराउँदै कर्णाली प्रदेश खेलकुद विकास परिषद्लाई तयारी अगाडि बढाउन बजेट उपलब्ध गराउने बताए।

सदस्यसचिव घिसिङले प्रतियोगिता समयमै आयोजना गर्न परिषद् तयार रहेको बताउनु हुँदै खेलकुदलाई व्यवसायिक बनाउनुपर्ने प्रतिक्रिया दिए।   

उनले लोगो र मस्कट छनोट भइसकेको अवगत गराउँदै हुँदै खेल पोशाकको व्यवस्थापन गर्ने जिम्मेवारी सम्बन्धित प्रदेशलाई दिने गरी तयार थालिएको जनाकारी दिए।

सदस्यसचिव घिसिङले अन्तर्राष्ट्रिय प्रचलन अनुसार १०औं राष्ट्रिय खेलकुद सकिए लगत्तै नेपालमा पहिलो पटक कर्णालीमै पारा खेलकुद पनि आयोजना गर्न लागिएको बताउँदै प्रस्ताव गरिएका बुदाँमा यथशीघ्र सुझाव उपलब्ध गराउन आग्रह गरे।

राखेपका उपाध्यक्ष शिव कोइरालाले बैठकका दौरान खेलकुद सञ्चालन निर्देशिका संशोधनका विषयमा प्राप्त सुझावलाई सम्बोधन गरिने बताउँदै तोकिएकै समयमा प्रतियोगिता गर्नुको विकल्प नरहेको धारणा राखे

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव विश्वामित्र सन्ज्यालले आवासको व्यवस्थापन कारण कर्णालीका पाँच जिल्लामा २२ देखि २४ खेल मात्र गर्न सकिने बताउँदै बाँकी खेलका विषय चाँडै टुंगो लगाउन आग्रह गरे।

बैठकमा सहभागी प्रदेश खेलकुदका सदस्यसचिवहरूले गाउँपालिकादेखि नै खेलाडी छनोट हुनुपर्ने, एक खेलमा कम्तीमा पाँच टिम सहभागी हुनुपर्ने, बजेट समयमा निकासा हुनु पर्नेलगायतका विषयमा धारणा राख्नु राखेका थिए। 

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bhat Bhateni
पाकिस्तानमाथि भारतको सहज जित

पाकिस्तानमाथि भारतको सहज जित

ललितपुर सिटीका डिफेन्डर गोली लागेर घाइते

ललितपुर सिटीका डिफेन्डर गोली लागेर घाइते

सच्चिएर सामाजिक सञ्जालमा फर्किएका हुन् एन्फा अध्यक्ष र महासचिव ?

सच्चिएर सामाजिक सञ्जालमा फर्किएका हुन् एन्फा अध्यक्ष र महासचिव ?

बंगलादेशमा छन् कप्तान किरण

बंगलादेशमा छन् कप्तान किरण

एभरेस्ट भलिबल लिगका बाँकी खेल तत्कालै नहुने

एभरेस्ट भलिबल लिगका बाँकी खेल तत्कालै नहुने

नाइट रन स्थगित

नाइट रन स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

एमबाप्पे चम्किँदा रियलको जित

एमबाप्पे चम्किँदा रियलको जित