राष्ट्रिय खेल सबलीकरण कार्यक्रम सम्पन्न
1716130849.jpeg&w=3840&q=75)
काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय खेल संघहरूलाई विभिन्न १० वटा विषयमा जानकारी गराउने उद्देश्यले आयोजना गरेको तीन दिने राष्ट्रिय खेल सबलीकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ।
समापन कार्यक्रममा परिषद्का उपाध्यक्ष शिव कोइराला ज्वालाले राष्ट्रिय खेल संघहरूलाई यस्ता कार्यक्रमले गतिविधिलाई नियमित गर्न सहयोग पुग्ने बताए। उनले सबैको सहकार्यमा मात्र खेलकुदले गति लिने र नयाँ कार्यक्रमबाट उद्देश्य पूरा हुनसक्ने बताए।
राखेपका सदस्य सचिव टंकलाल घिसिङले कार्यक्रमको समापन गर्दै संघहरूलाई निर्देशन दिने मात्र नभई सक्षम बनाउने दायित्व पनि परिषद्को रहेको बताए। त्यसैले संघहरूलाई कार्यालय सञ्चालन, प्रविधिको प्रयोग, कानूनी व्यवस्था, आर्थिक प्रणालीका विषयमा सबल बनाउन कार्यक्रम आयोजना गरेको बताए। उनले आगामी दिनमा पनि कार्यक्रमले निरन्तरता पाउने बताउँदै संघलाई अझ जिम्मेवार बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा नेपाल क्रिकेट संघका प्रमुख लेखा अधिकृत रमेशकुमार न्यौपाने, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, नेपाल स्केटिङ एन्ड स्केट बोर्डिङ संघका अध्यक्ष अच्युत खनाल, नेपाल जुडो संघका अध्यक्ष दिपकहर्ष बज्राचार्य, नेपाल स्क्वास एन्ड र्याकेट्स संघका अध्यक्ष ध्रुवबहादुर गुरुङ, नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणालगायतले कार्यक्रम निकै फलदायी भएको अनुभव सुनाउँदै कार्यक्रमबाट धेरै कुरा सिक्न पाएको धारणा व्यक्त गरे।










-1762650963668.webp&w=3840&q=75)
-1762650613586.webp&w=3840&q=75)



