मंगलबार, ०१ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

कोशी प्रदेश ट्रफी क्रिकेट : पुलिस र आर्मी विजयी

आइतबार, २७ फाल्गुण २०८०खेलपाटी संवाददाता
कोशी प्रदेश ट्रफी क्रिकेट : पुलिस र आर्मी विजयी
Classic Tech Internet Ad

विराटनगर । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस र आर्मी विजयी भएका छन् ।

विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा आइतबार भएको पहिलो खेलमा विभागिय टोली नेपाल पुलिसले गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गरेको छ ।

जितसँगै पुलिस समुह बीमा २ खेलमा १ मा जित र १ मा पराजित हुँदै २ अंकको साथ तेस्रो स्थानमा उक्लिएको भने गण्डकीले खेलेको तीनवटै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिने पहिलो टिम बनेको छ । पुलिस पहिलो खेलमा सुदूरपश्चिमसँग पराजित भएको थियो ।

टस जितेर ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ४४ रनको स्कोर खडा गरेको थियो । गण्डकीका लागि दिनेश बुढा मगरले ४५ बलमा १ छक्का र ५ चौका प्रहार गरि ४६ रन बनाउँदा इश्वर क्षेत्रीले ३० बलमा २ छक्का र ५ चौेका प्रहार गरि ४१ रन तथा दिपक डुम्रेले ३१ बलमा १ छक्का र ३ चौका प्रहार गरि ४० रनको योगदान दिए ।

पुलिसको अभिषेक कार्कीले २ ओभर बलिङ गर्दै ८ रन दिएर ३ विकेट लिँदा ललित भण्डारी, शरद भेषवाकर र दिपक सेरलाले समान १–१ विकेट लिए ।

जवाफमा १ सय ४५ रनको लक्ष्य पाएको पुलिसले १९ दशमलव ३ बलमा ६ विकेट गुमाई विजयी लक्ष्य पार गरेको थियो ।

पुलिसको जितमा प्लेयर अफ द म्याच शंकर रानाले ३० बलमा ३ छक्का र ५ चौका प्रहार गरि नटआउट ५१ रन बनाउँदा अमित श्रेष्ठले २८ रन, रोहन विकले १९ रन र शरद भेषवाकरले १८ रनको योगदान दिए ।

गण्डकीका अम्रित गुरुङले २ विकेट लिँदा सन्दिप पराजुलीले पनि २ विकेट तथा चन्द्र पोडेलले १ विकेट लिए ।

दोस्रो खेलमा आर्मीले मधेश प्रदेशलाई ७ विकेटले पराजित गरेको छ ।

आर्मीले  लगातार दोस्रो जित निकाल्दै समुह १ को शीर्ष स्थानमा उक्लिएको छ । आर्मीले यस अघि खेलेको पहिलो खेलमा कर्णालीलाई पराजित गरेको छ । आर्मीले २ खेलमा २ जित निकाल्दै ४ अंकका साथ पहिलो स्थानमा छ भने ३ मा १ खेलमा जित र २ खेलमा पराजित भएको मधेश २ अंकका साथ चौथो स्थानमा यथावत रहेको छ ।

टस जितेर ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ५३ रनको योगफल तयार पारेको थियो । मधेशका पवन सराफले ३९ बलमा ६ छक्का र २ चौका प्रहार गरि ६३ रन बनाउँदा साहिल पटेलले २२ रन र राहुल मण्डलले १७ रनको योगदान दिए ।

आर्मीका नितेश पटेलले ४ विकेट लिए । पटेलले ४ ओभरमा १९ रन मात्र दिए । त्यस्तै त्रितराज दास र शहाव आलमले २–२ विकेट लिए ।

जवाफमा १ सय  ५४ रनको लक्ष्य पछ्याएको आर्मीले १६ दशमलव ५ बलमा ३ विकेट गुमाई लक्ष्य पार गरेको थियो ।

आर्मीकोे जितमा प्लेयर अफ द म्याच त्रितराज दासले ४३ बलमा २ छक्का र ६ चौका प्रहार गरि अविजित ६० रनको पारी खेले । त्यस्तै सन्तोष कार्कीले ३८ बलमा ५ छक्का र २ चौका प्रहार गरि ५७ रन र टुल थापाले १९ रनको योगदान दिए । मधेशका रुपेश सिंश, अविशेक तिवारी र पवन सराफले १–१ विकेट लिए ।

सोमबारको पहिलो खेल सुदूरपश्चिम र बागमती तथा दोस्रो खेल घरेलु टोली कोशी र एपीएफबीच खेल हुने मोरङ क्रिकेट संघका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिएका छन् ।

Bajaj Pulsar Motorcycle Ad
#कोशी प्रदेश ट्रफी क्रिकेट

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

को हुन् २२ करोडमा चेन्नाईले किनेको वीर ?

को हुन् २२ करोडमा चेन्नाईले किनेको वीर ?

आइपीएलको १९औं संस्करण आगामी २६ मार्चदेखि सुरु हुने

आइपीएलको १९औं संस्करण आगामी २६ मार्चदेखि सुरु हुने

भारतीय प्रशिक्षक नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षक

भारतीय प्रशिक्षक नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षक

Bajaj Pulsar Motorcycle Ad
को हुन् २२ करोडमा चेन्नाईले किनेको वीर ?

को हुन् २२ करोडमा चेन्नाईले किनेको वीर ?

मेसीले मोदीलाई किन भेटेनन्?

मेसीले मोदीलाई किन भेटेनन्?

रेखासम्मिलित माजिया एफएएम महिला फुटबल लिगको उपाधिनजिक

रेखासम्मिलित माजिया एफएएम महिला फुटबल लिगको उपाधिनजिक

महिला तथा पुरुष सर्कल कबड्डी प्रतियोगिता खेल्ने नेपालको टोली घोषणा

महिला तथा पुरुष सर्कल कबड्डी प्रतियोगिता खेल्ने नेपालको टोली घोषणा

आइपीएलको १९औं संस्करण आगामी २६ मार्चदेखि सुरु हुने

आइपीएलको १९औं संस्करण आगामी २६ मार्चदेखि सुरु हुने

भारतीय प्रशिक्षक नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षक

भारतीय प्रशिक्षक नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षक

अक्षरले दक्षिण अफ्रिकासँगका बाँकी खेल नखेल्ने

अक्षरले दक्षिण अफ्रिकासँगका बाँकी खेल नखेल्ने

भान डाइकको चाहना– सलाह लिभरपुलमै रहून्

भान डाइकको चाहना– सलाह लिभरपुलमै रहून्