काठमाण्डौं । चौथो सेब टू ए साईड खुला भलिबल प्रतियोगिताको उपाधि होम पुन र कुन्दन शाहीको जोडीले जितेको छ । काठमाडौंस्थित नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् क्लबमा आज भएको फाइनल खेलमा होम र कुन्दनकोे जोडीले मनवीर छन्त्याल र सोवित रानाको जोडीलाई २–१ को सेटमा पराजित गरेको हो ।
पहिलो सेटमा होम र कुन्दनको जोडीले २१–९ ले जितेपछि दोस्रो खेलमा पुनरागमन गर्दै मनवीर र सोवितको जोडीले १८–२१ ले आफ्नो पक्षमा पारेका थिए । निर्णायक सेटमा २१–१० को जित हासिल गर्दै होम र कुन्दनले उपाधिसहित ३५ हजार रुपैयाँ पुरस्कार पाए ।
उपविजेता मनवीर र सोवितले २० हजार पुरस्कार पाए भने युवराज छन्त्याल र सन्तोष बुढाले वाकओभर दिएपछि तेस्रो स्थानमा प्रकाश शेरचन र ओमप्रकाश जिसीले जिते । उनीहरुले १० हजार रुपैयाँ पुरस्कार पाए ।
चार दिने प्रतियोगिताको उत्कृष्ट खेलाडी होम पुन घोषित भए । प्रतियोगितामा ५८ टिमले नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए ।