एजेन्सी । फिफा विश्वकप फुटबलमा ट्युनिसियाविरुद्धको पहिलो हाफमा बेल्जियमले ३-१ को अग्रता बनाएको छ ।
मस्कोस्थित स्पार्टक रंगशालामा रोमेलु लुकक्ले २ गोल र इडेन हाजार्डले एक गोल गरेपछि बेल्जियमले ट्युनिसियाविरुद्ध ३ - १ को अग्रता बनाएको हो । ट्युनिसियाका डेलन ब्रोनले एक गोल फर्काए ।
खेलमा बेल्जियमले पेनाल्टी गोलबाट सुरुवाती अग्रता बनाएको थियो । बेल्जियमका इडेन हाजार्डले खेलको सातौं मिनेटमा पेनाल्टीमा गोल गरे । ट्युनिसिया बेन युसुफले आफ्नो पेनाल्टी क्षेत्रमा हाजार्डलाई लडाएपछि बेल्जियमले पेनाल्टी अवसर पाएको हो । जसमा हाजार्डले सहजै गोल गरे ।
खेलको १६ औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमलाई २ - ० को अग्रता दिलाए । खेलको १८ औं मिनेटमा डेलन ब्रोनले ट्युनिसियाका लागि एक गोल गर्दै खेल २ - १ मा ल्याएका छन् । तर, पहिलो हाफको इन्जुरी समयमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई ३ - १ को अग्रता दिलाएका हुन् ।
समूह जी मा रहेको बेल्जियम आज ट्युनिसिया विरुद्ध जित निकाल्दै ६ अंक जोडेर नकआउट चरणमा पुग्न चाहन्छ । पहिलो खेलमा बेल्जियमले पानामालाई ३ - ० ले हराएको थियो । बेल्जियम ट्युनिसियासँग पराजित र बराबरी खेलेमा अन्तिम खेल कुर्नु पर्ने हुन्छ । अन्तिम खेलमा बेल्जियमले यो समूहकै अर्को बलियो टोलि इंग्ल्यान्डसँग खेल्नेछ ।
ट्युनिसियालाई पनि यो खेल निकै महत्वपूर्ण छ । पहिलो खेलमा अन्तिम समयमा चुक्दाको परिणाम ट्युनिसियालाई समूह चरण पार नगर्ने स्थितिमा पुर्राएको छ । पहिलो खेलमा ट्युनिसिया इंग्ल्यान्डसँग २ - १ ले पराजित भएको थियो । त्यसैले यो खेल जित्दै ट्युनिसिया दोस्रो चरण पुग्ने सम्भावना जीवित राख्न चाहन्छ ।