काठमाडौं । अष्ट्रेलियाविरुद्धको टी ट्वान्टी सिरिजको अन्तिम खेल भारतले जितेको छ ।
बैग्लोरमा भएको पाँच म्याचको सिरिजको अन्तिम खेलमा भारत ६ रनले विजयी भएको हो । घरेलु टोली भारतले एक खेल अगावै सिरिज हात पारिसकेको थियो ।
सुरुवात ब्याटिङ गरेको भारतले ८ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो ।
श्रेयश अय्यरले ५३ रन बनाएको इनिङ्समा अक्षर पटेलले ३१, जितेश शर्माले २४ र यशस्वी जयशवालले २१ रनको योगदान गरेका थिए । रितुराज गयकवाडले १० रन बनाएका थिए । कप्तान सुर्यकुमार यादव ५, रिंकु सिह ६ रनमा आउट भएका थिए ।
अष्ट्रेलियाका जेसन बेहरेनडोर्फ र बेन द्धारसुइसले समान २ तथा एरोन हार्डी, नाथन एलिस र तनवीर संघाले समान एक एक विकेट लिएका थिए ।
भारतले प्रस्तुत गरेको १ सय ६१ रनको लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले ८ विकेट गुमाएर १ सय ५४ रन मात्र बनाउन सक्यो ।
बेन मेक्डरमोटले ५४ रन बनाएको इनिङ्समा ओपनर टेबिस हेडले २८ रन बनाएका थिए । म्याथ्यु वेडले २२, टिम डेभिडले १७ र म्याथ्यु सटले १६ रन बनाए । अन्यको प्रर्दशन उल्लेख्य रहेन ।
भारतका मुकेश कुमारले ३, अश्रदीप सिंह र रबि बिसोनीले समान २ तथा अक्षर पटेलले एक विकेट लिएका थिए ।
भारतले एकदिवसीय विश्वकपमा ब्यहोरेको हारको बदला टी ट्वान्टी सिरिजमा लिएको छ । मुख्य खेलाडीलाई आराम दिदै दुवै टिमले युवा खेलाडीलाई मौका दिएका थिए ।