ईस्ट बंगालसँग पहिलो हाफमा गोलरहित बराबरीमा रोकियो एपीएफ
बुधबार, ०२ पौष २०८२खेलपाटी संवाददाता
%20(1)-1765977079083.jpeg&w=3840&q=75)
काठमाडौं। विभागीय टोली एपीएफले साफ महिला क्लब च्याम्पियनसिपको जारी खेलमा भारतीय क्लब ईस्ट बंगालसँग पहिलो हाफमा गोलरहित बराबरी खेलेको छ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको छ। यी दुवै टोली यसअघि नै फाइनलमा पुगिसकेका छन्।
यद्यपि, लिग चरणको अन्तिम खेलमा पुन: भिड्न लागेका हुन्। समूह चरणमा ईस्ट बंगाल र एपीएफले अपराजित रहँदै उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। तीन खेल खेलेको ईस्ट बंगालले तीनै खेल जित्दै ९ अंकका साथ समूहको शीर्ष स्थानमा रहँदै फाइनलमा स्थान सुरक्षित गर्यो।
ईस्ट बंगालले समूह चरणमा १३ गोल गरेको थियो भने एक पनि गोल नखाई प्रभावशाली गोल अन्तर बनाएको छ।
एपीएफले पनि समूह चरणमा सशक्त प्रदर्शन गर्दै फाइनल यात्रा तय गर्यो। तीन खेलमा दुई जित र एक बराबरीसहित ७ अंक जोड्दै एपीएफ दोस्रो स्थानमा छ। एपीएफले ५ गोल गर्दै एक पनि गोल खाएको छैन।












%20(2)-1765947464452.png&w=3840&q=75)
