एजेन्सी । विश्व विजेता जर्मनी पहिलो खेलमै पराजित भयो, मेक्सिकोसंग । रुसी विश्वकपको आश्चार्यजनक नतिजा मध्य यो एक थियो ।
विश्वकपको उपाधि रक्षाको अभियान सहित मैदान उत्रिएको जर्मनी पहिलो खेलमै पराजित भएपछि धेरैले मानेका छन्, अब विश्वकपमा कुनैपनि नजिता दोहोरिन सक्छ ।
शनिबार साँझ समुह ‘एफ’ अन्तर्गत जर्मनीले दोस्रो चरणको खेलमा स्वीडेनविरुद्ध प्रतिस्पर्धा गरिरहदा उसको नजर पहिलो जितको खोजिमा हुनेछ । जहाँ उसले अघिल्लो चरणमा गरेका गल्ती सच्चाउने बाचा गरेको छ ।
‘मेक्सिकोसंगको हारले पक्कै पिडा दिएको छ । हामीले धेरै गल्तीहरु गर्यौं । तर हामीले त्यसलाई पत्ता लगाएका छौ । हामीले त्यस बिषयमा छलफल गरेका छौ । र अभ्यासमा त्यसलाई नदोहर्याउने बाचा गरेका छौ ।’ जर्मनी प्रशिक्षक जोचिम लोलेले भने, ‘तर अघिल्लो विश्वकप जित्दा सहयोगी बनेको पक्ष बदल्ने सम्भावना भने छैन् ।’
प्रशिक्षक लेउले मेक्सिकोसंगको हारले टोलीमा कुनै परिवर्तन नआउने बताएका छन् । ‘हामी किन प्लेइङ् सेटमा परिवर्तन गरौ ? हामी खेलाडीमा विश्वास गछौै । हामीले धेरै बर्षदेखी एउटै स्तरमा खेल्दै आएका छौ । कुनै एक खेलको नतिजाले त्यसलाई बिगार्न सक्दैन् ।’ उनले भनेका छन् ।
स्वीडेनले पहिलो खेलमा दक्षिण कोरियालाई पराजित गरेको थियो । तर जर्मनीविरुद्धको खेलमा उत्रदै गर्दा स्वीडेनको आखाँ नकआउट चरणमा हुनेछ । प्रशिक्षक जान एन्डरसनले टोलीको प्रर्दशनलाई ‘असाधारण’ मानेका छन् ।
‘वास्ताविकता यो हो कि तपाई आफ्नो पुरै करियर र जीवन काम गर्नका लागि जब समर्पण गनुृहुन्छ । विश्वकपमा यसरी सहभागी हुनु असाधारण अवसर हो ।’ उनले भने ।
जर्मनीका माट्स हुमेल्स चोटका कारण आजको खेल गुमाउन सक्नेछन् । प्रशिक्षक लेउले मारियो गोमेजलाई सूरुवाती प्लेइङ सेटमा अवसर दिन सक्नेछन् । यता स्वीडेनका खेलाडीमा पेटको समस्या आएपछि पोन्टुस ज्यानसन, फिलिप हेलन्डर र मार्कुस रोहडेनले अभ्यासमा सहभागी भएनन् । तर शनिबार बिहानै उनीहरु अभ्यासमा फर्कने र खेलमा उत्रने विश्वास गरिएको छ ।
जर्मनी पछिल्ला ११ खेलमा स्वीडेनसंग अपराजित छ । पछिल्लो भेटमा जर्मनी र स्विडेनले ४–४ गोलको बराबरी खेलेका थिए । विश्वकप २०१४ को छनोटमा जर्मनीले स्विडेनलाई ५–३ ले स्तब्ध पारेको थियो ।