धरान । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ ले विविध खेलकुद कार्यक्रम गर्ने भएको छ ।
नेपाली कांग्रेस सुनसरी- १ को प्रदेशसभा क र ख समितिसंग संयुक्त आयोजनामा फुटबल, ब्याडमिन्टन, दौड लगायतका कार्यक्रम हुने क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताए ।
असार १९ गते खुल्ला ब्याडमिन्टन, असार २० गते नेपाल पत्रकार महासंघ र नेपाली कांग्रेसबीच मैत्रीपूर्ण फुटबल र २२ गते खुल्ला ५ किलोमिटर दौड हुनेछ ।
फुटबलका लागि कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राई र ब्याडमिन्टनका लागि नेपाल ब्याडमिन्टन संघका केन्द्रीय उपाध्यक्ष चन्द्र शेखर लामालाई संयोजक तोकिएको छ ।
दौडका लागि धरानको भानुचोकबाट रत्नचोक - मंगलबारे हुँदै पुन: भानुचोक रूट तय भएको पार्टीका नगर सभापति श्याम पोखरेलले जानकारी दिए ।
पार्टीलाई खेलको माध्यमबाट समुदाय जोड्ने कार्य हुँदै आएको बताईएको छ ।