काठमाडौं । नेपाल कराते महासंघले नारायणदेव राणा संयोजक रहेको ब्ल्याकवेल्ट कमिटीलाई १९ औं एसियाली खेलकुदमा सहभागी हुने कराते टोलीको तयारी निरीक्षणको जिम्मेवारी दिएको छ ।
‘एसियन गेम्समा सहभागी हुने कराते खेलाडीहरुको तयारीलाई निरीक्षण गर्न र प्रशिक्षकहरुलाई आवश्यक निर्देशन सहित कार्यमा सहयोग गरी दिन हुन जानकारी गराइन्छ’ कराते महासंघका महासचिव दावा गुरुङद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।
एसियाली खेलकुद असोज ६ गतेदेखि सुरु हुँदैछ ।