एजेन्सी । फिफा विश्वकप फुटबल अन्तर्गत आइसल्याण्डविरुद्धको खेलमा नाइजेरियाले सुरुवाती अग्रता बनाएको छ ।
भोल्गोग्राड स्टेडियमा पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफको सुरुवातमै नाइजेरियाले अग्रता बनाएको हो ।नाइजेरियाका अहमेद मुसाले खेलको ४९ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
यसअघि पहिलो हाफमा दुवै टोलीले पाएको मौकामा गोल गर्न नसक्दा बराबरीमा सकिएको थियो । आज हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यमा रहेका छन् ।