एजेन्सी । फिफा विश्वकप फुटबल अन्तर्गत अहिले जारी नाइजेरिया र आइसल्याण्डबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।
भोल्गोग्राड स्टेडियमा जारी खेलमा दुवै टोलीले पाएको मौकामा गोल गर्न सकेनन् । बल पोजिसनमा आइसल्याण्डले पकड बनाए पनि गोल गर्न सफल भएका छन् ।
आज हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यमा रहेका छन् ।
यो समूहमा नाइजेरिया अंकबिहिन रहदै पुछारमा छ । आजको खेलमा अंक सुधार नगरे नाइजेरियाको दोस्रो चरणको यात्रा समाप्त हुनेछ ।
आइसल्याण्डको १ अंक छ । आजको खेल जित्दै आइसल्याण्ड पनि दोस्रो चरणमा पुग्न चाहन्छ ।