विश्वकप छनोटका लागि युएईको टिम घोषणा

काठमाडौं । आईसीसी विश्वकप छनोटका लागि युएई राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।
ईमिरेट्स क्रिकेटले आईतबार मुहम्मद वासिमको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
विश्वकप छनोट प्रतियोगितामा दश टोलीको सहभागीता रहेको छ । सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
युएई समूह बी मा रहेको छ । १९ जुन अर्थात असार ४ मा श्रीलंकासँग युएईको पहिलो खेल रहेको छ ।
समूह बी मा युएई र श्रीलंकासँगै आयरल्यान्ड, स्कटल्याण्ड र ओमान रहेका छन् ।
समूह चरणमा प्रत्येक राष्ट्र चार खेल खेल्नेछन् । आ(आफ्नो समूहका शीर्ष ३ टोलीहरु सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा एक समूहका टोलीले अर्को समूहका टोलीसँग प्रतिस्पर्धा गर्ने छन् ।
सुपर सिक्सको शीर्ष दुईमा रहने टोली अक्टोबरमा भारतमा आयोजना हुने आइसीसी एकदिवसीय विश्वकपमा छनोट हुनेछ ।
१३ राष्ट्र सहभागी विश्वकप सुपर लिगको शीर्ष ८ मा रहि विश्वकप आयोजक भारत,पाकिस्तान,अस्ट्रेलिया,न्युजिल्यान्ड, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तान सिधा विश्वकपका लागि छनोट भईसकेका छन् ।
युएईको टोलीः
मोहम्मद वसीम (कप्तान), इथान डि सुजा, अली नासिर, वृत्य अरविन्द, रमीज शाहजाद, जवादुल्लाह, आसिफ खान, रोहन मुस्तफा, आयान खान, जुनैद सिद्दिकी, जहूर खान, सञ्चित शर्मा, आर्यांश शर्मा, कार्तिक मयप्पन र बासिल हमिद













