बुधबार, ०२ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

सुदूरपश्चिम स्पोर्टस अवार्डः  वर्ष प्रशिक्षकलाई सारथीको साथ

आइतबार, २१ जेठ २०८०खेलपाटी संवाददाता
सुदूरपश्चिम स्पोर्टस अवार्डः  वर्ष प्रशिक्षकलाई सारथीको साथ
Loading ad...
mustang rice ad

धनगढी ।  धनगढीमा हुने चौथो एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डलाई धनगढीमा रहेको सारथी अस्पतालले साथ दिएको छ ।  

नेपाल खेलकद पत्रकार मञ्च कैलालीले धनगढीमा आयोजना गर्ने स्पोर्टस अवार्डको चौथो संस्करणमा सारथी अस्पतालले प्रायोजन गरेर साथ दिएको हो ।

स्पोर्टस अवार्डमा दिईने ८ वटा विधा मध्येको वर्ष प्रशिक्षक विधालाई सारथीले प्रायोजन गरेको हो । अब यो विधाको नाम सारथी अस्पताल वर्ष प्रशिक्षक अवार्ड रहने छ ।

खेलकुद क्षेत्रमा लागेका खेल प्रशिक्षकलाई पछिल्लो एक बर्षको अवधिमा खेलकुदमा दिएको प्रदर्शनका आधारमा बर्ष प्रशिक्षक रुपमा यो अवार्ड दिईनेछ । यो विधाका विजेतालाई  नगद ३० हजार सहित ट्रफी र मेडल प्रदान गरिनेछ । हरेक बर्ष हुने स्पोर्टस अवार्डमा सारथी अस्पतालले प्रायोजन गरेर साथ दिदै आएको छ । विधा प्रायोजन सम्बन्धी सम्झौता पत्रमा सारथी अस्पतालका अध्यक्ष वेदप्रकाश जोशी र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका बरिष्ठ उपाध्यक्ष शंकर बोहोराले हस्ताक्षर गरे । अवार्डमा सुरुवातदेखि जोडिएकोले यसपाली पनि विधा प्रायोजन गरेर सहकार्य गर्दै खेलकुद क्षेत्रलाई साथ दिएको सारथी अस्पतालका अध्यक्ष जोशीले बताए । उनले स्वास्थ्य र खेलकुद एक अर्कासँग जोडिएको र यस्ता कार्यक्रमले खेलाडीहरुको प्रतिभा पहिचानमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

धनगढीको मुख्य बजार स्थित प्रदेश सभा छेउमा सञ्चालनमा रहेको अस्पतालले अत्याधुनिक सुविधा सम्पन्न स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अस्पतालले नवजात शिशु तथा बालरोग सेवा, हाडजोर्नी तथा नसा रोग सेवा, जनरल मेडिसिन (फिजिसियन) सेवा, जनरल तथा दुरबिनबाट अप्रेशन सेवा, स्त्री तथा प्रसुती रोग सेवा, भिडियो एक्स रे (रेडियोलोजी) सेवा, मानसिक तथा नशा रोग सेवा, मुख, अनुहार तथा बङ्गारा रोग सेवा, नाक कान घाँटी रोग सेवा, छाला कुष्ठरोग सौन्दर्य तथा यौन रोग सेवा, मृगौला तथा मुत्र रोग सेवा, न्युरो मस्तिष्क नशा तथा मेरुदण्ड रोग सेवा, एनेस्थेसिया तथा क्रिटिकल केयर सेवा लगायतका सेवाहरु प्रदान गरिरहेको छ । 

अत्याधुनिक सबै प्रकारका स्वास्थ्य सेवा दिदै आएको सारथी अस्पतालकोे सिफारिसमा मुटुका विरामीहरुको निशुल्क शल्यक्रिया पनि भईरहेको छ । काठमाण्डौंको बाँसबारीमा रहेको मनमोहन कार्डियो भाष्कुलर सेन्टर थेरापीमा वडाको सिफारिसका साथमा धनगढीको सारथी अस्पतालको सिफारिस भएमा निशुल्क शल्यक्रिया हुदैं आएको हो । मुटुको भल्भ फेर्नुपर्ने विरामीहरुको डाक्टर भगवान कोईरालाको पहलमा निशुल्क शल्यक्रिया भईरहेको र यसबाट सुदुरपश्चिम क्षेत्रका मुटुरोगीहरु लाभान्विन भईरहेको सारथी अस्पतालका अध्यक्ष वेदप्रकाश जोशीले बताए । उनका अनुसार जन्मेदेखि १५ बर्षसम्मका विरामीहरुको निशुल्क शल्यक्रिया हुनुका साथै अति गरीब भएको प्रमाण भएमा त्यसमा आतेजाते भाडा पनि पाउने व्यवस्था रहेको छ । १६ देखि ४० बर्षसम्मका विरामीहरुको शल्यक्रिया पनि निशुल्क भए पनि रगतको विसिआर गर्नका लागि लाग्ने शुल्क जुन रकम ५० देखि ७० हजार सम्म लाग्ने गर्दछ, त्यो मात्रै तिर्नुपर्छ । ५० बर्षदेखि माथिका लागि सबै निःशुल्क रहेको छ ।

चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मार्फत वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो ।  उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

असार ८ गते हुने ‘चौथो एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ । मुख्य सह प्रायोजकमा धनगढीको स्वस्तिक अस्प्ताल रहेको छ । अवार्डको बर्ष प्रशिक्षक विधालाई आरथी अस्पताल, सुदुरपश्चिम आईकन पुरुष विधालाई माया मेट्रो हस्पिटल र सुदुरपश्चिम आईकन महिला विधालाई सिटी पोलिक्लिनिकले प्रायोजन गरेको छ ।

 

Loading ad...
LiNing Ad
सुदूरपश्चिम स्पोर्टस अवार्डः  वर्ष प्रशिक्षकलाई सारथीको साथ

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सेमिफाइनल समीकरण पूरा

सेमिफाइनल समीकरण पूरा

आयोजक राष्ट्रिय जागृतिले सातदोबाटोको सामना गर्दै

आयोजक राष्ट्रिय जागृतिले सातदोबाटोको सामना गर्दै

कुशलको अलराउन्ड प्रदर्शनमा आर्मीको शतप्रतिशत जित

कुशलको अलराउन्ड प्रदर्शनमा आर्मीको शतप्रतिशत जित

च्यालेन्ज ट्रफी खेल्न रुवान्डा जाँदै नेपाली टोली

च्यालेन्ज ट्रफी खेल्न रुवान्डा जाँदै नेपाली टोली

लुटियो बार्सिलोना !

लुटियो बार्सिलोना !

साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

कटारीले जित्यो ११औं ओसन कप

कटारीले जित्यो ११औं ओसन कप

सम्राट विराट गोल्डकपको सेमिफाइनलमा

सम्राट विराट गोल्डकपको सेमिफाइनलमा