काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग खेलिरहेका १० क्लब र अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईबीच आइतबार छलफल भएको छ ।
जारी रहेको सहिद स्मारक 'ए' डिभिजन लिगलाई व्यवस्थित तरिकाले संचालन गर्ने लगायतको बिषयमा क्लब र एन्फा महासचिवबीच छलफल भएको हो ।
छलफलपछि क्लबले कालो पट्टी बाधेर लिगको बाँकी खेल खेल्ने निर्णयलाई स्थगित गरेको छ ।
यस्तै क्लबमा आबद्द खेलाडीलाई दिने पारिश्रमिकमा नेपाल सरकारको प्रचलित नियम अनुसार कर कट्टा गर्ने निर्णय गरिएको क्लबले जनाएको छ ।
छलफलमा क्लबले उठाएको मागको विषयमा भोलि सोमबार एन्फामा छलफल गर्ने निर्णय भएको छ ।