एजेन्सी । विश्वकप फुटबल अन्तर्गत ब्राजिलले पहिलो जित दर्ता गरेको छ । समुह चरणको दोस्रो खेलमा ब्राजिलले कोस्टारिकालाई २–० गोल अन्तरले पराजित गरेको हो ।
बराबरीतर्फ धकेलिएको खेलको अतिरिक्त समयमा फिलिपे काउटिन्हो र नेयमारले गोल गर्दै ब्राजिललाई महत्वपूर्ण जित दिलाए ।
जितसँगै समुह ई को ब्राजिलले २ खेलबाट ४ अंक जोडेको छ । र, ब्राजिलको दोस्रो चरण पुग्ने सम्भावना बलियो बनाएको छ । कोस्टारिका लगातार दुई खेलमा पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ ।
जितपछि नेयमार निकै भावुक देखिएका छन् । र, नेयमार मैदानमै रोएका छन् ।
तस्बिरमा हेर्नुस ब्राजिलको जित :









तस्विर : एजेन्सी