काठमाडौं । नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्यले यसै साता हान्चोउमा हुने १९ औं एसियाली खेलकुदको चिफ–डि–मिसन बैठकमा सहभागिता जनाउने भएका छन् ।
दुई दिनको बैठक मंगलबार र बुधबार हुनेछ । अबको एसियाली खेलकुद यसै वर्षको सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हानचोउ हुँदैछ । बैठकमा प्रतियोगिताको आयोजनाबारे छलफल हुनेछ ।
यस्तै बैठकमा सहभागी हुने प्रतिनिधिलाई प्रतियोगिताको क्रममा प्रयोग हुने खेल स्थलबारे पनि जानकारी दिइनेछ । प्रतियोगिताका लागि ४४ खेल स्थल प्रयोगमा आउने छन् । त्यसमध्ये १४ नयाँ रहेका छन् ।
हानचोउ एसियाली खेलकुदमा ४० खेल समावेश छन् ।