काठमाडौं । नेपाल वादोरियो कराते डो संघबाग्मती प्रदेशको मंगलबार सम्पन्न साधारण सभाले दावा तामाङलाई अध्यक्षमा चयन गरेको छ ।
बाग्मती प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीको प्रमुख आतिथ्य तथा नेपाल कराते महासंघका बरिष्ठ उपाध्यक्ष एवं नेपाल वादोरियो कराते संघका अध्यक्ष हरिशरणका केसीको उपस्थितिमा भएको कार्यक्रममा नेपाल उसु महासंघका महासचिव नवराज ढुंगाना पनि उपस्थित थिए ।
अधिबेशनले जगदीश भेटवाललाई उपाध्यक्ष तथा पुरुषोत्तम पोखरेललाई सचिवमा चयन गरेको छ । यसैगरी सुन्दर कार्की कोशाध्यक्ष भए ।
नेत्र बहादुर भुजेल, जय केसी, राजकुमार कार्की, पृथ्वी बासुकला, रविन्द्रकुमार चौधरी, ऋष्मा पोखरेल, एलिना श्रेष्ठ, लक्ष्मी रिजाल र पुण्य काफ्ले सदस्य भए ।