एजेन्सी । फिफा विश्वकप फुटबल अन्तर्गत अहिले जारी खेलमा ब्राजिल र कोष्टारिकाले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् ।
सेन्ट पिटर्सवर्ग स्टेडियममा पाएको मौका सदुपयोग गर्न नसक्दा दुवै टोलीले बराबरी खेलेका हुन् । बल पोजिसनमा ब्राजिलले पकड बनाएपनि ब्राजिलले गोल गर्न सकेन । केहि ब्राजिलका उकृष्ट प्रहार कोष्टारिका किपर नाभासले बचाए । यो खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
आजको खेल दुवैको लागि महत्वपूर्ण रहेको छ । किनकि पहिलो खेलमा दुवैको नतिजा अनुकुल छैन । ब्राजिल पहिलो खेलमा स्विजरल्याण्डसँग १-१ गोलको बराबरीमा रोकिएको थियो ।
कोष्टारिका भने सर्बियासँग १-० ले पराजित भएको थियो । त्यसैले आज हुने खेल जित्दै दुवै टोली नकआउट चरणमा पुग्ने सम्भावना जीवित राख्न चाहन्छ ।