एजेन्सी । फिफा विश्वकप फुटबल अन्तर्गत ब्राजिल र कोष्टारिकाबिचको खेल सुरु भएको छ ।
सेन्ट पिटर्सवर्ग स्टेडियममा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
आजको खेल दुवैको लागि महत्वपूर्ण रहेको छ । किनकि पहिलो खेलमा दुवैको नतिजा अनुकुल छैन । ब्राजिल पहिलो खेलमा स्विजरल्याण्डसँग १-१ गोलको बराबरीमा रोकिएको थियो ।
कोष्टारिका भने सर्बियासँग १-० ले पराजित भएको थियो । त्यसैले आज हुने खेल जित्दै दुवै टोली नकआउट चरणमा पुग्ने सम्भावना जीवित राख्न चाहन्छ ।