काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्य–सचिव टंकलाल घिसिङलाई मागपत्र पत्र बुझाएको छ ।
संघले बुधबार सदस्य–सचिव घिसिङलाई तीन बुदे मागपत्र बुझाएको हो । अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा संघले सदस्य–सचिव घिसिङलाई मागपत्र बुझाएको हो ।
संघले नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक विजेता खेलाडीहरुलाई बृहत राष्ट्रिय खेलकुदको कार्यविधिमा उल्लेख भए वमोजिम प्रदान गरिने नगद पुरस्कार रकम तुरुन्त उपलब्ध गराउनु पर्ने माग गरेको छ ।
त्यस्तै १९ औं एशियाली खेलकुद आगामी सेप्टेम्बरमा हुने भएकोले खेलाडीहरुको तयारी प्रशिक्षण तत्काल संचालन गर्नु पर्ने र साग स्वर्ण, एशियाली खेलकुदमा पदक विजेता र ओलम्पियन खेलाडीहरुले विगतमा पाउँदै आएको प्रोत्साहन भत्ता यथाशीघ्र उपलब्ध गराउन माग गरेको छ ।
खेलाडी संघले बुझाएको मागपत्र बुझ्दै सदस्य सचिव घिसिङले खेलाडीको रोकिएको पुरस्कार रकम र भत्ता एक हप्ताभित्र भुक्तानी हुने बताए ।
संघले बुझाएको मागपत्र -