काठमाडौं । ललित स्मृति अन्डर १८ फुटबल च्याम्पियनसिपमा अहिले फ्रेन्ड्स क्लब र लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दीबीच प्रतिस्पर्धा गरिरहेका छन् ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दुवै टोली ३ अंक जोड्ने अंकसहित मैदान उत्रेका छन् । दुवै टोलीको लक्ष्य नकआउट चरणमा स्थान बनाउनुनै हुनेछ ।
समुह चरणको अन्तिम खेलमा भिड्न लागेका दुवै टोलीको नतिजाले क्वार्टरफाईनलमा पुग्ने टोलीको टुङ्गो लाग्नेछ । फ्रेन्ड्सलाई बराबरी समेत नकआउट चरणमा पुर्याउन पर्याप्त छ । मनाङलाई भने जित्नैपर्ने समिकरण तय भएको छ ।