काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघका पदाधिकारीले राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई बिहीबार भेट गरेका छन् ।
भेटका अवसरमा कर्मचारी संघका पदाधिकारीले सदस्य–सचिव घिसिङलाई कर्मचारीको बढुवा, कर्मचारीको व्यवस्थापन, कर्मचारीको सेवा सुविधालगायतका विषयमा जानकारी गराएका थिए ।
सो अवसरमा सदस्य–सचिव घिसिङले कर्मचारी संघले राखेका विषयवस्तु कार्यन्वयन गर्न सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कर्मचारी संघका अध्यक्ष सरस्वती केसी र महासचिव कुमार बस्नेतले संघको माग प्रति सदस्य–सचिवले व्यक्त गरेको सकारत्मक धारणाको प्रशंसा गर्दै माग पूरा हुनेमा विश्वस्त रहेको बताए ।