काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्षमा पुन: जियानी ईन्फान्टिनो निर्वाचित भएका छन् ।
ईन्फान्टिनो तेस्रो कार्यकालका लागि फिफा अध्यक्षमा निर्वाचित भएका हुन् ।
रुवान्डामा आयोजना भएको फिफा कांग्रेसबाट उनी निर्विरोध निर्वाचित भएका हुन् ।
५२ वर्षीय र्ईन्फान्टिनो २०१६ मा पहिलो पटक फिफा अध्यक्ष चुनिएका थिए । सेप ब्लाटरपछि र्ईन्फान्टिनो अध्यक्ष निर्वाचित भएका थिए ।
यस्तै उनी २०१९ मा दोस्रो कार्यकालका पुन: निर्वाचित भएका थिए ।