काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्तराष्ट्रिय नारी दिवस मनाएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार एन्फाले विशेष कार्यक्रमको आयोजना गर्दै नारी दिवस मनाएको छ ।
हरेक वर्षको मार्च ८ को दिन विश्वभर नारी दिवस मनाउने चलन रहेको छ । जस अन्तर्गत एन्फाले नारी दिवस मनाएको हो।
कार्यक्रममा सांस्कृतिक कार्यक्रम र राष्ट्रिय फुटबल टोलीका सदस्य र यू–१७ राष्ट्रिय महिला टोलीले मैत्रीपूर्ण खेल भएको थियो ।
कार्यक्रमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महिला समितिका संयोजक सरिला श्रेष्ठ, प्रतिनिधिसभा सदस्य तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डा. तोशिमा कार्की लगायतको उपस्थिति रहेको थियो ।