एजेन्सी । स्विटजरल्याण्डविरुद्ध भिड्दै गर्दा सर्वियाको नजर विश्वकपको नकआउट चरणमा हुनेछ । सर्विया अहिलेसम्म विश्वकपको अन्तिम १६ मा पुग्न सकेको छैन् । यदी स्विटजरल्याण्डलाई पराजित गरेको खण्डमा सर्वियाले इतिहास रच्नेछ र उसले नकआउट चरणमा प्रवेश स्थान पक्का गर्नेछ ।
पहिलो खेलमा सर्वियोले कोस्टारिकालाई हराउदै तालिकाको शीर्ष स्थानमा उक्लिएको थियो । तर ब्राजिलसंग पहिलो खेलमा १–१ गोलको बराबरीमा रोकिएका स्विटजल्याण्ड आत्मविश्वासका साथ कोस्टारिकाविरुद्ध उत्रनेमा शंका छैन् ।
स्विस प्रशिक्षक भ्लादिमिर पेटकोभिकले भन्छन्, ‘पहिलो खेल जहिल्यै कठिन हुन्छ । किनकी तिमी पहिलो खेलबाट आउछौ । तिमीलाई थाहा हुदैन कि टिमले कसरी महशुश गरेको छ । तिमी उत्कृष्ट फर्ममा हौ वा नहोउ । हामी निश्चित गर्न गईरहेका छौ कि हामी सहि दिशामा छौ ।’ उनले भनेका छन् ।
सर्वियाविरुद्ध स्विस मिडफिल्डर भालेन बेरामी मांसपेशीमा समस्या देखिएपछि उपचार गराईरहेका छन् । मुख्य प्रशिक्षक पेटकोभिकले ब्राजिलसंगको बराबरीपछि ह्यारिस सेफिरोभिकलाई एक्लो स्ट्राईकरको रुपमा मैदान उतार्न सक्छन् ।
‘हामीले शारिरिक रुपमा मात्र खेल्ने छैनौ । हामी प्रतिद्धन्दीभन्दा बढी मैदानमा दौडने छौ । जुन हामीले ब्राजिलविरुद्धको खेलमा देखाईसकेका छौ ।’ स्विस प्रशिक्षक पेटकोभिकले भने, ‘हामी सुन्दर फुटबल खेल्नेछौ । हामी हाम्रो शक्ति पुरै ९० मिनेटसम्म कायम राख्नेछौ ।’
सर्वियाली प्रशिक्षक मेलाडेन क्रिस्टायजले स्विस टोलीको बारे आफु पुर्ण जानकार रहेको बताउदै जित निकाल्दै नकआउट चरण पुग्ने आफ्नो लक्ष्य रहेको बताएका छन् ।
पहिलो खेलमा जित निकालेका सर्वियन प्रशिक्षकले टिममा खासै मुख्य परिवर्तन गर्ने छैनन् ।