काठमाडौं । क्यानडा फुटबलको प्रशासकीय निकाय क्यानडा सकरका अध्यक्ष निक बोन्टिसले राजीनामा दिएका छन्।
पछिल्लो समय विवादमा रहेका अध्यक्ष निकले सोमबार राजीनामा दिएका हुन् ।
क्यानडाको पुरुष र महिला राष्ट्रिय फुटबल टोलीबीचको असमान सेवासुविधाको विवाद चलिरहेको बेला अध्यक्ष निकले राजीनामा दिएका हुन् ।
क्यानडाको महिला टोलीले पछिल्लो समय पुरुष बराबर सेवासुविधाको माग गर्दै आइरहेको छ ।
महिला टोलीले रकम कटौती र तलब असमानताका मागहरू पूरा नभएमा अप्रिलमा टोलीको क्याम्प बहिष्कार गर्ने बताएको छ।
क्यानाडा सकरले कारबाही गर्ने धम्की दिएपछि उनीहरूले फेब्रुअरीको सुरुमा गर्दै आएको योजनाबद्ध हडताल फिर्ता लिएका थिए।
क्यानडा सकरले २०२१ मा पुरुषका लागि ६.७२ मिलियन पाउण्ड खर्च गरेको थियो ।
महिलाका लागि ३.११ मिलियन पाउण्ड खर्च गरेको थियो ।