काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को बुधबार बस्ने कार्यसमिति बैठकमा ३ उपाध्यक्षसहित कार्यसमिति सदस्यले माग गरेको एजेन्डा थप नहुने भएको छ ।
एन्फाका महासचिव महसचिव किरण राईले उपाध्यक्ष र कार्यसमिति सदस्यलाई पत्र लेख्दै बैठकमा उनीहरुले माग गरेको ६ एजेन्डा समावेश नहुने जनाएका छन् ।
३ उपाध्यक्षसहित कार्यसमिति सदस्यले एन्फा महासचिव किरण र कोषाध्यक्ष रविन्द्र जोशीलाई बर्खास्त गर्न मागसहितको एजेन्डा थप गर्न माग गरेका थिए ।
उपाध्यक्षहरु दीर्घबहादुर केसी, विराटजंग शाही र दीपक खतिवडा तथा कार्यसमिति सदस्यहरु रुपेश अधिकारी, रविन्द्रबहादुर चन्द, महेन्द्र क्षेत्री, भोजराज शाही, भरत बुढा थापा, राम जोशी, सरला श्रेष्ठ, रमेश ब्यन्जनकार, पेमा लामाले एन्फा अध्यक्षलाई पत्र लेख्दै ६ एजेन्डा राख्न माग गरेका थिए ।