एजेन्सी । फिफा विश्वकप फुटबल : रुस । भोल्गोग्राड स्टेडियम, राति ८:४५ बजे ।
नाइजेरिया विरुद्ध आइसल्याण्ड । एक अर्कामा अपरिचित । तर, लक्ष्य एउटा, जित अनि ३ अंक । मुख्य त, अफ्रिकी मुलुक नाइजेरिया र सानो युरोपेली राष्ट्र आइसल्याण्डबीच मैदान उत्रदा यस्तै हुनेछ ।
खेलको नतिजा के हुन्छ ? रेफ्रीले अन्तिम मिनेटको सिठी नबजाएसम्म केहि भन्न सकिन्न । तर, नाइजेरिया र आइसल्याण्डबीचको खेलमा रोमान्चकता पक्कै हुनेछ ।
समूह चरणको दोस्रो खेल खेल्न मैदान उत्रदा दुवै अपरिचित टोली हुनेछन् । दुई टोलीले एक एर्काविरुद्ध इतिहासमै पहिलो खेल खेल्दै छन् । विश्वकपको भिडन्त हुने कुरा भएन । नाइजेरियाले विश्वकपमा सहभागिता जनाउदै आएको भएपनि आइसल्याण्ड डेब्यु टोली हो । त्यसैले कुन टोलीले खेलमा बाजी मार्ला त्यो भन्न निकै कठिन छ ।
पहिलो खेलको नतिजा हेर्दा आइसल्याण्डले अर्को चमत्कारी प्रदर्शन गर्ने छ । नाइजेरिया भने पहिलो जितको खोजीमा हुनेछ । यो समूहमा नाइजेरिया, आइसल्याण्ड र अर्जेन्टिनाको दोस्रो चरणमा पुग्ने सम्भावना उतिक्कै छ । तर, समूह डीमा क्रोएसियाले लगातार दुई जितसहित अन्तिम १६ मा स्थान पक्का गरिसकेको कारण यी ३ टोलीमध्ये एक टोलीले नकआउट चरणमा स्थान बनाउने छन् । यस्तोमा आफ्नो दोस्रो खेल खेल्न मैदान उत्रदा नाइजेरिया र आइसल्याण्डको लक्ष्य अंक जोड्नु नै हुनेछ ।
यो समूहमा नाइजेरिया अंकबिहिन रहदै पुछारमा छ । आजको खेलमा अंक सुधार नगरे नाइजेरियाको दोस्रो चरणको यात्रा समाप्त हुनेछ । नाइजेरियाले अन्तिम खेलमा बलियो अर्जेन्टिनासँग खेल्ने कारण पनि यो खेल महत्वपूर्ण रहेको छ । भलै, अर्जेन्टिनाले यो पटक उच्च प्रदर्शन गरें सकेको छैन ।
आइसल्याण्डविरुद्ध नाइजेरियाले युवा खेलाडीलाई प्राथमिकता दिनेछ । जसमा नाइजेरिया युरोपियन लिगमा नाम चलेका खेलाडीको साथ हुनेछ । तर, चमत्कारी प्रदर्शन गर्दै आइरहेको आइसल्याण्डविरुद्ध नाइजेरिया निकै सजह रहने छ । नाइजेरियाका प्रशिक्षक जर्नोट रोहरले खेलअघि भने ,'आइसल्याण्डप्रति सम्मान छ हाम्रो । र्जेन्टिनाविरुद्ध धेरै राम्रो गरेका थिए । उनीहरुसँग स्टार खेलाडी छैनन् र, हामीसँग पनि ।' उनले थपे, 'उनीहरुसँग अनुभवी खेलाडी छन् तर हामीसँग युवा खेलाडीको राम्रो टिम छ ।'
यता, १ अंक जोडेको आइसल्याण्ड अवस्था पनि उस्तै छ । किनकी अन्तिम खेलमा आइसल्याण्डले क्रोएसियासँग खेल्दै छ । क्रोएसिया तीनै हुन् जसले नाइजेरिया र अर्जेन्टिनालाई हराउदै दोस्रो चरणको यात्रा तय गरिसकेको छ । तर, अर्जेन्टिनालाई रोक्न सफल आइसल्याण्डको आत्मविश्वास भने उच्च हुनेछ । आइसल्याण्ड आफ्नो चमत्कारी प्रदर्शनलाई कायम राख्न चाहन्छ ।
नाइजेरियाविरुद्ध २ अंक जोड्न सके आइसल्याण्डको दोस्रो चरणको यात्रा सहज हुनेछ । यो आइसल्याण्डको लागि अवसर समेत हो । प्रशिक्षक हेइमिर हलग्रिम्सनले भेनका छन्, 'नाइजेरिया र अर्जेन्टिना हाम्रो लागि समान प्रतिद्वन्दी हुन् । नाइजेरियासँग उत्कृष्ट खेलाडी छन् । तर, हामी प्रत्येक प्रतिद्वन्द्वीलाई रोक्न तयारी गरेका छौं । हामीले यो एक राम्रो अवसर हो जुन हामीले गरिरहेका छौ ।'