एजेन्सी । ब्राजिलका लागि खुसीको कुरा, चोट बोकेका स्टार नेयमार टिमसँगै रहनेछन् । जो समुह ई अन्तर्गतको खेलमा कोस्टारिकाविरुद्ध उत्रने छन् ।
फ्रान्सेली क्लब पीएसजीका स्टार नेयमार पैतलाको चोटका कारण चार महिना मैदान बाहिर बसे । पुनःमैदान फर्किएका नेयमारले स्विटजरल्याण्डविरुद्धको खेलमा समेत सामान्य चोट बोकेका थिए । तर विहिबार उनी मैदान फर्किएर अभ्यास गरेका छन् । महत्पुर्ण खेलमा आफु तयार रहेको संकेत गरिसकेका छन् ।
ब्राजिली प्रशिक्षक टिटेले भन्छन्, ‘मलाई संका थियो तर नेयमार विगत साढे ३ महिनामा पहिलो पटक पुरा ९० मिनेट खेलेका थिए ।’ उनले थपे, ‘हामी शान्त छौ । आगामी पाँच खेलमा सबै जना पुरै फिट हुन आवश्यक छ । तर नेयमारले त्यो प्रक्रिया अगाडी बढाईसकेको छ ।’
समुहको पहिलो भेटमा स्विटजरल्याण्डसंगको बराबरीले ब्राजिललाई निराश बनाएको छ । कोस्टारिकाविरुद्धको खेलमा जित निकाल्दै विश्वकप यात्रालाई सहज बनाउने अवसर उसका अगाडी छ ।
कोस्टारिकाका प्रशिक्षक ओस्कार रामिरेजले नेयमारको फिट हुन सक्ने भन्दै आफुहरुले उनलाई नजिकबाट हेरिरहेको बताएका छन् । ‘सायद हामी दुई जना उनलाई मार्क गर्न राख्ने छौ । अनि हामी हेर्ने छौ ।’
चोटका कारण इङ्लिस क्लब म्यान्चेष्टर सिटीका फुल ब्याक ड्यानिलोले समुह इ अन्तर्गत कोस्टारिकाविरुद्धको खेल गुमाउनेछन । जसलाई प्रशिक्षक टिटेले फगनरबाट स्थानान्तरण गराउनेछन् ।
सर्वियाविरुद्धको खेल गुमाएको कोस्टारिकाले समेत केही परिवर्तन गर्न सक्नेछ । ब्राजिल र कोस्टारिका १० पटक अन्तराष्ट्रिय एरिनामा भिडेका छन् । तर १९६० को मैत्रिपुर्ण म्याच बाहेक ब्राजिल निराश हुन परेको इतिहास छैन ।