बुटवल । नेपाली क्रिकेट समर्थक समाज (एनसीएसएस) को सातौं वार्षिक साधारण सभा तथा चौंथो अधिवेशन सम्पन्न भएको छ ।
आइतबार बुटवलमा आयोजित अधिवेशनले आगामी २ वर्षको लागि नयाँ कार्यसमिति समेत निर्वाचित गरेको छ ।
नारायण पराजुलीको नेतृत्वमा सर्बसम्मत चयन भएको नयाँ कार्यसमितिमा उपाध्यक्षमा रेजिना बस्नेत, सचिवमा मोहन ज्ञवाली, सह सचिवमा नारायण पाण्डे चयन भएका छन् त्यस्तै कोषाध्यक्षमा अच्युत पाण्डे लाई मनोनित गरिएको छ । सदस्यमा भने तारा पाठक, केदार शर्मा, अविन कार्की र सविन पोख्रेल निर्विरोध चयन भएका छन्।
सस्थापन , आजिबन र जिल्ला प्रतिनिधिहरुको सहभागीता रहेको कार्यक्रममा समर्थक समाजले हरेक वर्ष प्रदान गर्ने उत्कृष्ट जिल्लाको सम्मान यस वर्ष जिल्ला समन्वय समिति रुपन्देहीलाई प्रदान गरेको छ । आफ्ना सदस्य जिल्लाहरुमा सक्रियता र पछिल्लो एक वर्षको कामलाई आधार मानेर उत्कृष्ट जिल्ला सम्मान पाएको हो । अघिल्लो वर्ष यस सम्मान पाल्पाले पाएको थियो ।
साधारण सभाले संस्थाको नियमित गतिविधिलाई निरन्तरता दिदै सदस्यता वृद्धि, जिल्ला समन्वय समितिको विस्तारमा जोड, नेपाल क्रिकेट संघ (क्यान) सरोकारवालाको हरेक गतिविधि चुस्त निगरानी गर्ने निर्णय गरेको छ । त्यस्तै नेपाली क्रिकेट सरोकारवालासँग निरन्तर अन्तरक्रिया लगायत आफ्नो जिम्मेवारी र भूमिकालाई अझ सक्रिय रुपमा अघि बढाउने भएको छ ।
कार्यक्रममा एनसीएसएसका अध्यक्ष नारायण पराजुलीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सदस्य केदार शर्माले संस्थाको गतिविधि तथा प्रगति प्रस्तुत गरेका थिए ।
नेपाली क्रिकेट विकासमा ठूलो योगदान पुर्याएको एनसीएसएसले सम्वन्धित निकायलाई लगातार गलत कामकोविरुद्ध आवाज उठाउँदै आएको छ त्यस्तै संस्थाले कमजोर आर्थिक अवस्था भएको खेलाडी र क्रिकेटमा योगदान दिएकालाई आर्थिक अभियान मार्फत सहयोग गर्दै आएको छ । नेपाली क्रिकेटमा एनसीएसएस उदाहरणीय संस्था (ग्रुप) र विश्वसनियको रुपमा स्थापित भएको छ । नेपाली क्रिकेट समर्थकको सर्वाधिक विश्वसनिय र लोकप्रिय ग्रुपको रुपमा एनसीएसएस छ ।
अन्त्यमा निर्वाचित कार्यसमितिलाई निर्वाचन समिति संयोजक शिवराज गौतमले प्रमाणपत्र प्रदान गर्नुका साथै सपथ ग्रहण गराएका थिए ।