काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्, कर्मचारी संघको केन्द्रीय कार्यसमितिको अध्यक्षमा सरस्वती केसी निर्वाचित भएकी छन् ।
नेपालगन्जमा फागुन ४ र ५ गते भएको संघको अधिवेशनले केसीको नेतृत्वमा ३५ सदस्सीय कार्यसमिति निर्वाचित गरेको छ ।
दुई प्यानल बनाएर निर्वाचनमा गएका कर्मचारीहरुले केसीलाई अध्यक्ष छनौट गर्दा वरिष्ट उपाध्यक्षमा सुमन घले, उपाध्यक्षमा ध्रुव प्रसाद खनाल र महिला उपाध्यक्षमा पार्वती राई निर्वाचित भएका छन भने महासचिवमा कुमार बस्नेत, उपमहासचिवमा गोपीकृष्ण निरौला, सचिवमा शैलेन्द्र श्रेष्ठ र मिन प्रसाद पोखरेल र कोषाध्यक्षमा रामकृष्ण घिमिरे चयन भएका निर्वाचन अधिकृत महेन्द्र राईले जानकारी दिएका छन् ।
सदस्यहरुमा, रेखा बस्नेत,विमला कार्की,सानुराजा केसी, दोवे तामाङ,पूर्ण कुमार योन्जन,अजुन कार्की,ब्रम्हदेव यादव,बिष्णुलाल श्रेष्ठ,अश्विनी कुमार अधिकारी,प्रविन रानामगर,भिमलाल विक,ढाकादेवी पराजुली र दुर्गा बस्नेत चयन भएका छन् ।
३५ सदसीय कार्य समितिमा प्रदेश समितिका अध्यक्षहरु केन्द्रिय समितिमा पदेन उपाध्यक्ष रहने छन भने केन्द्रिय समितिले पाँच जनालाई मनोनित गर्ने व्यवस्था कर्मचारी संघको विधानमा व्यवस्था रहेको छ । आजै पद हस्तान्तरण गरिएको समितिले जनाएको छ ।
नवनिर्वाचित केन्द्रिय समितिको पहिलो बैठक नेपालगन्जमा नै बसेको अध्यक्ष सरस्वती केसीले जानकारी दिएकी छन् ।