काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दर्ता चलानी फाँटबाट सम्पादन गरिने दर्ता सम्बन्धी कार्यलाई थप मर्यादित र व्यवस्थित बनाउने भएको छ ।
जसअन्तर्गत राखेपसंग सम्बन्धित सरकारी, अर्ध सरकारी एवं गैर सरकारी कार्यालय, राखेपमा आबद्ध संघ–संस्था, क्लब, डोजो आदिका खेलकुदसंग सम्बन्धित कार्यका लागि राखेपमा कागजात÷फर्म÷निवेदन आदि दर्ता गर्नु पूर्व सम्बन्धित विभाग वा शाखाबाट उक्त कागजात÷फर्म÷निवेदन चेक÷जाँच गराइ तोक आदेश भए पश्चात मात्र दर्ता गर्ने÷गराउने व्यवस्था गरिएको छ ।
राखेपमा आबद्ध नरहेका संघ–संस्था, क्लब एवं अन्य सरोकारवाला निकायहरुबाट उक्त कार्य गर्दा थप १० रुपैयाँको हुलाक टिकट अनिवार्य टाँस्नु पर्ने छ ।
त्यस्तै राखेपमा आबद्ध नरहेका संघ–संस्था, क्लब एवं अन्य निकायबाट सामूहिक वा व्यक्ति विशेषबाट राखेपका विभाग एवं शाखासंग सम्बन्धित विषयगत उजुरी वा अन्य खेलकुद गतिविधि सम्बन्धी उजुरी वा निवेदन दर्ता गर्नु पर्दा अनिवार्य १० रुपैयाँको हुलाक टिकट टाँसी विषयसंग परिषद्को सचिवालय प्रमुखबाट उक्त उजुरी वा निवेदन चेक÷जाँच गराइ तोक आदेश भए पश्चात मात्र दर्ता गर्ने व्यवस्था मिलाइएको छ ।