काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत तालिम तथा प्रशिक्षण विभागको आयोजनामा क्षमता अभिबृद्धि तालिम सोमबार सम्पन्न भएको छ ।
माघ १७ गते देखि सुरु भएको तालिममा काठमाडौं, ललितपुर र भक्तपुरमा कार्यरत ४८ स्थायी सहायक प्रशिक्षकहरुको सहभागिता रहेको थियो । प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले प्रमाण पत्र प्रदान गरे ।
सात दिन सम्म चलेको तालिममा सहभागीहरुलाई प्रशिक्षकहरु हिमाल दाहाल, संजय महर्जन, खेलबिज्ञ रिता प्रजापती, राजेन्द्र तुलाधर र फिजियो लक्ष्मण अधिकारीले विविध बिषयको प्रशिक्षण प्रदान गरेका थिए ।