एजेन्सी । फिफा विश्वकप फुटबल क्रोएसियाले अर्जेन्टिनाविरुद्ध अग्रता बनाएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा क्रोएसियाले अग्रता बनाएको हो ।
नोभगोरोड स्टेडियममा खेलको ५३ औं मिनेटमा एन्टे रेविकले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका हुन् ।
क्रोएसियाविरुद्ध मैदान उत्रिएको अर्जेन्टिनाको लक्ष्य विश्वकपमा पहिलो जित दर्ता गर्नु रहेको छ । यता, क्रोएसिया लगातार दोस्रो जित निकाल्दै प्रतियोगिताको नकआउट चरणमा पुग्ने लक्ष्य लिएको छ ।
जर्ज साम्पोलीको टिम अर्जेन्टिनाले पहिलो खेलमा आईसल्याण्डसँग बराबरी खेल्दै अंक बाँडेको थियो । क्रोएसियाले भने नाइजेरियालाई २–० ले हराएको थियो ।
विगत हेर्दा, चार पटक दुवै टोलीले भेट गरेका छन् । जसमा अर्जेन्टिनाले दुई, क्रोएसियाले एक खेलमा जित हात पारेको छ । एक खेल बराबरीमा सकिएको छ ।