एएफसीको अध्यक्षमा पुन: शेख सलमान
बुधबार, माघ १८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी) को अध्यक्षमा पुन: शेख सलमान विन अब्राहिम अल खालिफा निर्वाचित भएका छन् ।
बहराइनमा बुधबार भएको एएफसीको ३३ औं चुनावी कंग्रेसबाट शेख सलमान चार वर्षे नयाँ कार्यकालका लागि निर्वाचित भएका हुन् ।
बहराइनका शेख सलमान तेस्रो कार्यकालका लागि एएफसीको अध्यक्ष निर्वाचित भएका हुन् ।
उनी २०१३ बाट एएफसीको अध्यक्ष रहदै आएका छन् ।

एएफसीको अध्यक्षमा पुन: शेख सलमान














-1762856022963.jpg&w=3840&q=75)

