काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को ७ केन्द्रीय सदस्यहरुले बोर्ड बैठकमा क्यान अध्यक्ष चतुर बहादुर चन्दको राजीनामा माग गरेका छन् ।
पोखरामा जारी क्यानको बोर्ड बैठकमा ७ जना केन्द्रीय सदस्यहरुले अध्यक्ष चन्दको राजीनामा माग गरेका हुन् ।
७ केन्द्रीय सदस्यले अध्यक्षसहित कार्यसम्पादन समितिका प्रशान्त विक्रम मल्ल, रोशन सिंह, दुर्गाराज पाठक र पदक खड्काको पनि राजीनामा माग गरेका छन् ।
राजीनामा माग गर्ने केन्द्रीय सदस्य ऋषिराम गौतम, दाउद अन्सारी, संजयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले राजीनामा माग गरेका हुन् ।
उनीहरुले आइतबार पत्रकार सम्मेलन गर्दै कार्य सम्पादन समितिको राजीनामा माग गरेका थिए ।
नेपाल टी-ट्वान्टी लिगमा देखिएको पछिल्लो विवादमा कार्यसम्पादन समितिको कमजोरी भएको भन्दै उनीहरुको राजीनामा माग गरिएको हो ।
राजीनामा मागको पत्र बुझाएपछि ७ केन्द्रिय सदस्यले बैठक समेत बहिस्कार गरेका छन् ।
के छ त राजीनामा मागको पत्रमा ?