काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघ केन्द्रीय कार्यसमितिको महाधिवेशन तथा निर्वाचन नेपालगन्जमा हुने भएको छ ।
महाधिवेशन फागुन ४ र ५ गते हुन लागेको संघका अध्यक्ष रञ्जन थापाले जनाएका छन् ।
महाधिवेशनका लागि जिल्ला कार्य समिति र केन्द्रीय कार्यालय इकाइ समितिको निर्वाचन तथा प्रतिनिधि छनोट यहि माघ ५ देखि १० गते भित्र विधान बमोजिम गरी माघ २० गते भित्र केन्द्रीय कार्यसमितिमा नामवली बुझाइ सक्नु पर्ने छ ।
त्यस्तै प्रदेश कार्यसमितिको निर्वाचन तथा प्रतिनिधि छनोट यहि माघ २० देखि २५ गते भित्र विधान बमोजिम सम्पन्न गरी माघ २८ गते भित्र केन्द्रीय कार्यसमितिमा नामवली पठाउनु पर्नेछ ।